कैलालीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर बालिकाको मृत्यु

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा नगरपालिका–६ मा घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ। शनिबार बेलुकी स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई मोटर चलिरहेको अवस्थामा करेन्ट लागेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

गम्भीर घाइते भएकी आयुस्मालाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले उपचारको प्रयास गरे पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Attariya Hospital

घटनापछि प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान सुरु गरेको छ। विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउन र विद्युत् जडान नियमित रूपमा परीक्षण गर्न पनि सम्बन्धित निकायले आग्रह गरेका छन्।

nawajiwan