रुस–युक्रेन युद्ध झन् उग्र: भीषण आक्रमण, रणनीतिक पूर्वाधार र सैन्य लक्ष्यमा लगातार प्रहार

Image
Nisarga Hospital

रुस र युक्रेनबीचको युद्ध थप चर्किएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म दुवै पक्षले एकअर्काका रणनीतिक सैन्य तथा पूर्वाधार लक्ष्यमा व्यापक आक्रमण गरेका छन्।

CP Hospital Dhangadhi

रुसको रक्षा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनका इन्धन, ऊर्जा, यातायात पूर्वाधार तथा ड्रोन उत्पादन केन्द्रसहित १४२ भन्दा बढी स्थानमा आक्रमण गरिएको छ। रुसले खार्किभ क्षेत्रका थप चार बस्ती आफ्नो नियन्त्रणमा लिएको दाबी पनि गरेको छ।

यता, युक्रेनले रुसी आक्रमणको सशक्त प्रतिकार भइरहेको जनाएको छ। युक्रेनी सेनाका अनुसार पछिल्लो २४ घण्टामा २६८ भन्दा बढी युद्ध भिडन्त भएका छन्। प्रत्युत्तरस्वरूप युक्रेनले रुसका तीन कमाण्ड पोस्ट, पाँच ड्रोन नियन्त्रण केन्द्र तथा अन्य रणनीतिक सैन्य लक्ष्यमा क्षति पुर्‍याएको दाबी गरेको छ।

nawajiwan
Attariya Hospital

युक्रेनले आजोभ सागर क्षेत्रमा एउटा रुसी सैन्य हेलिकोप्टर खसालिएको तथा लुहान्स्कस्थित महत्वपूर्ण रेल पुलमा आक्रमण गरी रुसी आपूर्ति प्रणालीमा असर पुर्‍याएको जनाएको छ।

युद्ध विश्लेषकहरूका अनुसार दुवै पक्षले सैन्य कमाण्ड र आपूर्ति संरचनालाई निशाना बनाउन थालेपछि युद्ध झन् आक्रामक र विनाशकारी बन्दै गएको छ।