ट्रम्पको विवादास्पद चेतावनी: ‘चाहेको भए इरानी नेतृत्व एकै आक्रमणमा समाप्त हुन्थ्यो’

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रमलाई लिएर दिएको अभिव्यक्तिले नयाँ विवाद उत्पन्न गरेको छ। ट्रम्पले चाहेको भए इरानको बाँकी नेतृत्वलाई एकै आक्रमणमा समाप्त गर्न सक्ने दाबी गर्दै वार्ताको सम्भावनालाई ध्यानमा राखेर त्यसो नगरेको बताएका छन्।

CP Hospital Dhangadhi

उनले अन्त्येष्टिमा सहभागीहरूको रुवाइप्रति व्यङ्ग्य गर्दै ती आँसु “नक्कली हुन सक्ने” टिप्पणी गरेका छन्। ट्रम्पको यो अभिव्यक्ति इरान र अमेरिकाबीच तनाव कम गर्ने प्रयास भइरहेका बेला आएको हो।

यसप्रति आर्मेनियास्थित इरानी दूतावासले कडा प्रतिक्रिया दिँदै ट्रम्पसँग “सभ्यता, इतिहास र सम्मानको अभाव” रहेको आरोप लगाएको छ।

nawajiwan
Attariya Hospital

यता, इरानले अन्त्येष्टि कार्यक्रममा कुनै पनि प्रकारको आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायललाई लक्षित गर्दै कुनै पनि सैन्य कारबाही नगर्न सचेत गराइएको छ।

विश्वभरका शिया समुदायका श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको चारदिने अन्त्येष्टि कार्यक्रममा ठूलो भीड हुने अनुमान गरिएको छ। कार्यक्रमको अन्तिम दिन जुलाई ९ मा खामेनीको गृहनगर मशहदमा अन्त्येष्टि गरिनेछ।