वैदेशिक रोजगारीमा ठगिएकालाई सांसद खेम कोइरालाको आह्वान: ‘प्रमाणसहित सम्पर्कमा आउनुस्, न्याय दिलाउँछु’

Image
Nisarga Hospital

कैलाली क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य खेम कोइरालाले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नागरिकलाई प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका पीडितलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत आवश्यक विवरण उपलब्ध गराउन आह्वान गरेका हुन्।

CP Hospital Dhangadhi

सांसद कोइरालाले वाट्सएप नम्बर ९८४८६६३१३१ (पुष्पराज सुवेदी) मा सम्बन्धित प्रमाण पठाउन अनुरोध गरेका छन्। उनले कुन म्यानपावर कम्पनी, कन्सल्टेन्सी वा एजेन्टमार्फत ठगी भएको हो, कति रकम बुझाइएको थियो, त्यसको रसिद वा भौचर, आफ्नो परिचय खुल्ने कागजात तथा ठगीमा संलग्न व्यक्ति वा संस्थाको विवरण र सम्भव भए फोन नम्बरसमेत पठाउन आग्रह गरेका छन्।

Attariya Hospital

उक्त विवरणका आधारमा आवश्यक पहल गरी पीडितलाई न्याय दिलाउन आफू प्रतिबद्ध रहेको सांसद कोइरालाले बताएका छन्। उनले प्रक्रिया पूरा गर्न केही समय लाग्न सक्ने भए पनि ठगीका घटनालाई गम्भीर रूपमा लिएर सम्बन्धित निकायसँग समन्वय गरी पीडितको पक्षमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

nawajiwan