श्रीपुर खानेपानी समितिको अध्यक्षमा डिल्लीराज भट्ट निर्विरोध

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–७ लालपुरस्थित श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा डिल्लीराज भट्ट निर्विरोध निर्वाचित भएका छन्। संस्थाको छैटौँ साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार अध्यक्ष पदमा भट्टको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

CP Hospital Dhangadhi

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता शेरबहादुर बिष्टका अनुसार उम्मेदवारीमाथि कसैको दाबी–विरोध नपरेपछि भट्टलाई अध्यक्षमा निर्विरोध निर्वाचित घोषणा गरिएको हो। अध्यक्षसहित कार्यसमितिका सबै ९ पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नन्दादेवी साउँद, सचिवमा कृष्ण लुहार, कोषाध्यक्षमा खुसिराम चौधरी तथा सहसचिवमा श्यामबहादुर साउँद निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा बिरेन्द्र बोगटी, नन्दा साउँद, बालाजी थापा र देवी कठायत निर्विरोध चयन भएका प्रमुख निर्वाचन अधिकृत बिष्टले जानकारी दिए।

nawajiwan
Attariya Hospital

नवनिर्वाचित कार्यसमितिले खानेपानी सेवा थप प्रभावकारी, पारदर्शी र उपभोक्तामैत्री बनाउँदै संस्थाको समग्र विकासमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।