ट्रम्पको दाबी : इरानको शोकसभा देखेर छक्क परेँ, एक सातासम्म आक्रमण नगर्ने निर्णय

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोकसभामा लाखौँ नागरिक भावुक भएर सहभागी भएको दृश्यले आफू आश्चर्यचकित भएको बताएका छन्। अमेरिकी सञ्चारमाध्यम एक्सियससँगको टेलिफोन संवादमा उनले इरानी नागरिकहरूले खामेनीलाई मन नपराउने आफ्नो धारणा दोहोर्याउँदै शोकसभामा देखिएका आँसु वास्तविक नभएको हुन सक्ने टिप्पणी गरेका छन्।

CP Hospital Dhangadhi

ट्रम्पले शोकसभामा अमेरिकाको निशानामा रहेका धेरै व्यक्ति उपस्थित रहेको दाबी गर्दै अमेरिका चाहेको भए उनीहरूलाई आक्रमण गर्न सक्ने अवस्था भए पनि त्यसो नगरेको बताए। उनका अनुसार सम्भावित वार्ता र कूटनीतिक संवादलाई ध्यानमा राख्दै अमेरिका संयमित बनेको हो।

Attariya Hospital

उनले इरानकै अनुरोधपछि तेहरानमा खामेनीको साताव्यापी शोक तथा अन्त्येष्टि कार्यक्रम सम्पन्न हुने अवधिसम्म कुनै सैन्य आक्रमण नगर्ने निर्णय लिएको पनि बताएका छन्। ट्रम्पको यो अभिव्यक्ति अमेरिका–इरान सम्बन्धमा तनाव कायम रहेका बेला आएको हो।

nawajiwan