अत्तरियाका मनोज दाहाल एमनेस्टी समूह–७१ को अध्यक्षमा निर्विरोध

Image
Nisarga Hospital

अत्तरियामा सम्पन्न एमनेस्टी इन्टरनेशनल नेपाल समूह–७१ को आठौँ अधिवेशनबाट मनोज दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। मानवअधिकार, सामाजिक न्याय, युवा सशक्तीकरण, हक–अधिकार र सामाजिक विकासका क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय दाहालले नेतृत्वको जिम्मेवारी सम्हालेका हुन्।

CP Hospital Dhangadhi

सामाजिक अभियानसँगै व्यवसायमा पनि सक्रिय रहेका दाहालले युवाको सक्रिय सहभागिताविना समाज रूपान्तरण सम्भव नहुने बताए। उनले समाज परिवर्तनका लागि युवाले जिम्मेवारीपूर्वक नेतृत्व लिनुपर्नेमा जोड दिए।

Attariya Hospital

नवनिर्वाचित अध्यक्ष दाहालले संविधानले सुनिश्चित गरेका मानवअधिकारका धेरै अधिकार अझै पनि सबै नागरिकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको उल्लेख गरे। मानवअधिकारको पूर्ण कार्यान्वयन र संरक्षणका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकका मौलिक अधिकार सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।

nawajiwan

उनले एमनेस्टी इन्टरनेशनल नेपाल समूह–७१ ले मानवअधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिका अभियानलाई थप प्रभावकारी बनाउँदै समुदायसँग सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे।