धनगढी दुर्घटनाका फरार भारतीय चालक गोदावरीबाट पक्राउ

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा भएको सवारी दुर्घटनापछि फरार रहेका भारतीय चालक पक्राउ परेका छन्। आइतबार राति भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिएर फरार भएका भारतको उत्तर प्रदेश, वाराणसी निवासी ४२ वर्षीय अश्वनी कुमार सिंहलाई गोदावरी नगरपालिका–६ लालपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

सिंहले चलाएको यूपी ६५ ईएक्स ०१०० नम्बरको कारले धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–१ गजकोटका ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा घाइते मोटरसाइकल चालक गौतम ऐरको धनगढीस्थित सीपी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालकलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur