अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु, १,०२४ सदस्यको अन्तिम नामावली हस्तान्तरण

Image
Nisarga Hospital

अत्तरिया: कैलालीस्थित अत्तरिया उद्योग वाणिज्य संघले आगामी साधारणसभा तथा निर्वाचनका लागि १ हजार २४ सदस्यको अन्तिम मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।

CP Hospital Dhangadhi

सोमबार व्यवसायीहरूको उपस्थितिमा संघका अध्यक्ष कल्याण सिंह बोहराले रुजु गरिएको सदस्य नामावली निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टलाई औपचारिक रूपमा बुझाएका हुन्।

संघको असार २७ र २८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयसीमा तोकिएको थियो। सोही प्रक्रियाअनुसार अन्तिम मतदाता नामावली तयार पारिएको संघले जनाएको छ।

nawajiwan
Attariya Hospital

नामावली हस्तान्तरणसँगै अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। अब निर्वाचन समितिले निर्धारित कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, प्रचारप्रसार तथा मतदानलगायतका प्रक्रिया सञ्चालन गर्नेछ।

निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टले निर्वाचन निष्पक्ष, स्वतन्त्र, पारदर्शी र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै व्यवसायी, उम्मेदवार तथा सरोकारवालासँग आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेका छन्। साथै, निर्वाचनलाई सफल, विश्वसनीय र व्यवस्थित बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।