धनगढी बालक हत्या प्रकरणः भारत भाग्दै गरेका मुख्य अभियुक्त पक्राउ

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–६ निवासी २५ वर्षीय खेमराज कठायत (खगेन्द्र)लाई भारततर्फ फरार हुने प्रयास गरिरहेका बेला धनगढी–२ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो।

CP Hospital Dhangadhi

प्रहरी नायब निरीक्षक (सई) सुशील चन्दको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

Attariya Hospital

तनुज १० असारमा घरबाट बेपत्ता भएका थिए। दुई दिनपछि १२ असारमा उनको शव कालिका सामुदायिक वनभित्र फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बालकले लगाएको सुनको मुन्द्रा शवसँग नभेटिएकाले लुटपाटको उद्देश्यले हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

nawajiwan

यसअघि अनुसन्धानका क्रममा चार जनालाई नियन्त्रणमा लिइए पनि उनीहरू रिहा भइसकेका छन्। मुख्य अभियुक्त पक्राउ परेसँगै घटनाको वास्तविक कारण, संलग्न अन्य व्यक्तिको भूमिका तथा थप विवरण खुल्ने विश्वास प्रहरीले गरेको छ। हाल घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।