युवालाई स्वदेशमै अवसर दिने सरकारको योजना : विदेशिएका वैज्ञानिक फर्काउने तयारी

Image
Nisarga Hospital

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकता दिँदै युवालाई स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने सरकारको योजना रहेको बताएका छन्। राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्रतिभालाई स्वदेश फर्काउने तयारी भइरहेको जानकारी दिए।

CP Hospital Dhangadhi

मन्त्री पुनका अनुसार विज्ञान तथा प्रविधिका लागि सरकारले पुँजीगत खर्चको एक प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ। बजेट प्रस्तुत हुँदा मन्त्री नियुक्त नभएकाले ३ अर्ब ४० करोड रुपैयाँ हाल ‘अवण्डा’ शीर्षकमा राखिएको उनले स्पष्ट पारे।

Attariya Hospital

उनले विगतमा विज्ञान र प्रविधिलाई पर्याप्त प्राथमिकता नदिइएकै कारण आफू राजनीतिमा आएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई पनि आफ्नो पुँजीगत बजेटको एक प्रतिशत यस क्षेत्रमा लगानी गर्न आग्रह गरे।

nawajiwan

मन्त्रालयले नियम–कानुन निर्माण, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र युवा वैज्ञानिकबाट अनुसन्धान प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको उनले बताए। साथै, नास्टको बजेट वृद्धि, राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक अघि बढाउने र नेपालमा अत्यन्त न्यून रहेको पेटेन्ट दर्ताको अवस्थालाई सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।