सत्तापक्षकै विवादले सुदूरपश्चिम प्रदेशसभा प्रभावित, बजेटमाथि छलफल नै भएन

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठक बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयक र विभिन्न प्रतिवेदन टेबुलमै सीमित रहँदै करिब पाँच मिनेटमै स्थगित भएको छ। प्रदेशका अर्थमन्त्री विक्रम सिंह धामीले आर्थिक वर्ष २०८३/०८४ को राजश्व तथा व्ययको वार्षिक अनुमान, अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने विधेयक र प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने विनियोजन विधेयक सभामा टेबुल गरेका थिए।

CP Hospital Dhangadhi

त्यसैगरी, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदनसहित थारु, मुस्लिम र मधेसी आयोगका वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन्। ती प्रतिवेदनहरू थप अध्ययन तथा छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।

यद्यपि, बजेटमाथि छलफल सुरु हुनुपर्ने समयमा सत्तापक्षभित्रकै आन्तरिक विवादका कारण कुनै पनि विषयमा बहस हुन सकेन। असार १ गते मध्यरातमा प्रस्तुत गरिएको बजेट औपचारिक रूपमा टेबुल भएपछि पनि त्यसमाथि छलफल अघि बढ्न नसक्दा प्रदेशसभा बैठक प्रभावहीन बनेको हो। सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur