
कैलालीको भजनी नगरपालिकाका मेयर केवल चौधरी, उपमेयर राजु तिरुवा तथा विभिन्न वडाका वडाध्यक्षहरू नाउपा नेपालमा आबद्ध भएका छन्। तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनीहरूलाई नाउपा नेपालका अध्यक्ष कबिस सोबले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष सोबले अनुभवी जनप्रतिनिधिहरूको आगमनले नाउपा नेपालको संगठनात्मक आधार थप बलियो, एकताबद्ध र जनमुखी बन्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तहमा जनताको अपेक्षा पूरा गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै नयाँ टोलीको सहभागिताले पार्टीलाई थप ऊर्जा मिल्ने बताए।

नाउपा नेपालले जारी गरेको धारणा अनुसार न्याय, पहिचान, अधिकार र समृद्धिको साझा अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन नवप्रवेशी जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहने विश्वास लिइएको छ। पार्टीले उनीहरूको अनुभव, नेतृत्व क्षमता र जनसम्पर्कले संगठन विस्तार तथा जनतामाझ पार्टीको प्रभाव अझ मजबुत बन्ने अपेक्षा व्यक्त गरेको छ।

































