कुमारी बैंक अत्तरियाद्वारा प्रतिभा सामुदायिक पुस्तकालयलाई ५४ थान पुस्तक सहयोग

Image
Nisarga Hospital

अत्तरियाः कुमारी बैंक लिमिटेड अत्तरिया शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियालाई विभिन्न विधाका ५४ थान पुस्तक सहयोग गरेको छ। करिब रु. ३१ हजार ५७० मूल्य बराबरका पुस्तकहरू पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।

CP Hospital Dhangadhi

आयोजित कार्यक्रममा कुमारी बैंक अत्तरिया शाखाका प्रबन्धक नारायणदत्त भण्डारी, कर्मचारी सरिता खर्कवाल र केशव बिनाडी, पुस्तकालयका अध्यक्ष भूपेश जोशी, पदाधिकारी, सदस्य तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भण्डारीले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा कुमारी बैंकले विगतदेखि नै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने बताए। उनले समाजको समग्र विकासमा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

nawajiwan
Attariya Hospital

पुस्तकालयका अध्यक्ष भूपेश जोशीले पुस्तकालयको आवश्यकता बुझेर सहयोग गरेकोमा कुमारी बैंक अत्तरिया शाखाप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यार्थी तथा पाठकहरूमा अध्ययन संस्कृतिको विकास र पुस्तकप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरे।

पुस्तकालयका सह–सचिव हेमन्तराज जोशी (बाजे)का अनुसार बैंकले विभिन्न विधाका उपयोगी ५४ थान पुस्तक पुस्तकालयलाई सहयोगस्वरूप उपलब्ध गराएको हो।