
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६, जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन्।

प्रहरीका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। घटनासम्बन्धी आवश्यक प्रमाण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले यौनजन्य हिंसासम्बन्धी घटनामा कानुनबमोजिम कडा कारबाही गरिने भन्दै पीडितलाई न्याय दिलाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

































