अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन : महासचिव पदका उम्मेदवार साउद व्यापारीमाझ मत माग्न व्यस्त

Image
Nisarga Hospital

अत्तरिया :- कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन यही असार २७ र २८ गते हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्यानलबाट उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरूले व्यापारीहरूको घरदैलो तथा पसल–पसल पुगेर मत माग्ने अभियानलाई तीव्र बनाएका छन्।

CP Hospital Dhangadhi

महासचिव पदका उम्मेदवार गम्भीर साउद पनि यतिबेला व्यापारीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने अभियानमा सक्रिय छन्। लामो समयदेखि उद्योग वाणिज्य संघसँग आबद्ध रहँदै विभिन्न जिम्मेवारीमा काम गरेको अनुभव बोकेका साउद आफूले संचित अनुभवलाई संघको प्रभावकारी नेतृत्वमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका छन्।

साउद गोदावरी नगरपालिका-१ का वडा सदस्यसमेत हुन्। सामाजिक तथा सार्वजनिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनी विभिन्न संघ संस्थामा काम गरेको अनुभवका कारण परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्। जनप्रतिनिधिका रूपमा जनताका समस्या समाधानमा सक्रिय रहेको अनुभवसँगै व्यापारीका विभिन्न मुद्दामा पनि निरन्तर सहकार्य गर्दै आएको उनको दाबी छ।

nawajiwan
Attariya Hospital

व्यापारीहरूमाझ सरल, मिलनसार र सहयोगी स्वभावका रूपमा परिचित साउदले निर्वाचित भइसकेपछि उद्योग वाणिज्य संघलाई थप सक्रिय, प्रभावकारी र व्यापारीमुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

यसपटकको निर्वाचनलाई लामो समयदेखिको अन्योलपछि उद्योग वाणिज्य संघलाई नयाँ दिशा दिने अवसरका रूपमा हेरिएको छ। व्यापारीहरूबीच पनि सक्षम, इमानदार, अनुभवी र सक्रिय व्यक्तित्वलाई नेतृत्वमा पुर्‍याउनुपर्ने धारणा बलियो देखिएको छ। धेरै व्यापारीहरूले कुनै एक प्यानललाई मात्रै विजयी गराउनुभन्दा पनि सबै प्यानलबाट योग्य, सक्षम र व्यापारीको हकहितमा काम गर्न सक्ने उम्मेदवारलाई छनोट गर्नुपर्ने सुझाव दिएका छन्।

व्यापारीहरूको अपेक्षा पद प्राप्त गरेपछि पनि उनीहरूको आवाज सुन्ने, समस्या समाधानका लागि सक्रिय रहने र उद्योग वाणिज्य संघलाई प्रभावकारी संस्थाका रूपमा विकास गर्न सक्ने नेतृत्व आवश्यक रहेको आवाज उठाउँदै आएको पाइन्छ।