यूएई अध्ययनको नाममा नेपाली विद्यार्थी ठगी गर्ने ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

Image
Nisarga Hospital

संयुक्त अरब इमिरेट्स (यूएई) मा उच्च शिक्षा अध्ययन गराउने भन्दै नेपाली विद्यार्थीलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ। शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

CP Hospital Dhangadhi

पक्राउ परेकामध्ये डिल्लीबजारस्थित इड्युपोर्ट प्रालि, पुतलीसडकस्थित वेस्टफोर्ड एजुकेसन प्रालि, बानेश्वरस्थित प्रोप एभिएसन प्रालि र कालिमाटीस्थित एस्पायर ग्लोबल प्रालिका सञ्चालकहरू रहेका छन्।

Attariya Hospital

प्रहरीका अनुसार उनीहरूले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको सम्बन्धित निकायबाट मान्यता नपाएका कलेजहरूमा विद्यार्थी भर्ना गराउँदै, पछि फ्रान्स, अस्ट्रेलियालगायतका देशका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ हुने भन्दै झुटा आश्वासन दिएका थिए। यसरी विद्यार्थीलाई आर्थिक रूपमा ठगी गरिएको आरोप छ।

nawajiwan

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। हाल पक्राउ परेका सबैमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।