अत्तरिया उद्योग वाणिज्य संघको पाँचौँ साधारणसभा सुरु, नयाँ नेतृत्वका लागि तीन प्यानलबीच कडा प्रतिस्पर्धा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको पाँचौँ साधारणसभा तथा चौथो चुनावी अधिवेशन औपचारिक रूपमा सुरु भएको छ। संघका अध्यक्ष कल्याणसिंह बोहराको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन्।

CP Hospital Dhangadhi

उद्घाटन कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी र संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय उद्योग–व्यवसायको प्रवर्द्धन, व्यवसायीका साझा समस्या समाधान तथा संस्थागत सुदृढीकरणमा संघको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्र सञ्चालन हुने र नयाँ नेतृत्व चयनका लागि आवश्यक चुनावी प्रक्रिया आजै सुरु गरिने जनाइएको छ। मतदान भने भोलि हुने कार्यतालिका रहेको छ।

nawajiwan

यसपटक अध्यक्ष पदका लागि संघका संस्थापक उपाध्यक्ष नैनसिंह कार्की, पूर्व उपाध्यक्ष कमल कडायत र पूर्व सदस्य रमेश भट्टराई प्यानल सँगै भिस्मा खड्का (जेनिसा) को नेतृत्व सहित प्यानल पनि यस चुनावी मैदानमा उत्रिएका छन्। चारै प्यानल सहित उम्मेदवारले व्यवसायीका हकहितको संरक्षण, संस्थागत सुधार, पारदर्शी नेतृत्व, व्यवसायमैत्री वातावरण निर्माण तथा संघलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Attariya Hospital

उम्मेदवार नैनसिंह कार्कीले लामो समयदेखि संस्थाभित्र देखिएका समस्याको समाधान गर्दै व्यवसायीको अधिकार सुनिश्चित गर्न आफू अध्यक्ष पदमा उम्मेदवार बनेको बताए। कमल कडायतले संस्थालाई पुनः सक्रिय र व्यवस्थित बनाउँदै सबै व्यवसायीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। यस्तै रमेश भट्टराईले व्यवसायीको भावना, व्यावसाहीको हितका लागि आफ्नो नेतृत्वको आवश्यकतालाई केन्द्रमा राखेर संघलाई अघि बढाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी रहने बताएका छन्।

अत्तरिया उद्योग वाणिज्य संघको पाँचौँ साधारणसभा तथा चौथो चुनावी अधिवेशनको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले व्यवसायिक एकता, सहकार्य र संस्थागत सुदृढीकरण नै समृद्धिको आधार भएको बताए। उनले चुनावलाई प्रतिस्पर्धाभन्दा आपसी समझदारी र सहमतिका साथ सम्पन्न गर्न आग्रह गर्दै अत्तरियाको व्यापार तथा आर्थिक विकासमा नगरपालिका सधैं सहकार्यका लागि प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष पदमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएसँगै यसपटकको अधिवेशनलाई व्यवसायीहरूले निकै चासोका साथ हेरेका छन्। नयाँ नेतृत्वले संघलाई कुन दिशामा अघि बढाउने भन्ने विषय अहिले अत्तरिया क्षेत्रका उद्योगी–व्यवसायीबीच प्रमुख चर्चा बनेको छ।