पिताको अन्त्येष्टिपछि इरानका नयाँ सर्वोच्च नेताको चेतावनी: ‘रगतको बदला हरहालमा लिइनेछ’

Image
Nisarga Hospital

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले पिता आयतुल्लाह अली खामेनीको अन्त्येष्टिपछि पहिलोपटक सार्वजनिक सन्देश जारी गर्दै उनको हत्याको बदला जुनसुकै अवस्थामा पनि लिइने चेतावनी दिएका छन्। उनले पिताको अन्त्येष्टिमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै शहीदहरूको रगतको हिसाब अपराधीहरूसँग अवश्य लिइने बताएका छन्।

CP Hospital Dhangadhi

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित उनका परिवारका सदस्यको मृत्यु भएको थियो। त्यसपछि उनका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता घोषणा गरिएको थियो।

Attariya Hospital

शनिबार जारी लिखित सन्देशमा मोजतबाले आफूहरूसँग जिम्मेवार व्यक्तिहरूको पूर्ण सूची रहेको दाबी गर्दै उनीहरूले शान्तिपूर्ण जीवन वा मृत्यु पाउने कल्पना पनि गर्न नसक्ने चेतावनी दिएका छन्। उनले बदला लिनु केवल आफू वा इरानी नेतृत्वको विषय नभई विश्वभरका स्वतन्त्रताप्रेमीहरूको साझा जिम्मेवारी हुने दाबी पनि गरेका छन्।

nawajiwan

यद्यपि, पिताको अन्त्येष्टिमा मोजतबा स्वयं उपस्थित भएका थिएनन्। नयाँ सर्वोच्च नेता बनेपछि पनि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्।