हर्मुज बन्दसँगै युद्ध चर्कियो: अमेरिकाको इरानमाथि तेस्रो ठूलो आक्रमण गरेको दाबी, मध्यपूर्व फेरी तनावको चरममा

Image
Nisarga Hospital

इरानले विश्वकै महत्वपूर्ण व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज बन्द गरेपछि अमेरिका–इरानबीचको तनाव थप चर्किएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानी सेनाले आक्रमण गरेपछि अमेरिकाले इरानमाथि यो हप्ताकै तेस्रो ठूलो हवाई आक्रमण गरेको हो। उक्त आक्रमणमा जहाजको इन्जिन रुम पूर्ण रूपमा ध्वस्त भएको र चालक दलका एक सदस्य बेपत्ता भएको जनाइएको छ।

CP Hospital Dhangadhi

अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले “गलत निर्णय गरेको” भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गर्दै कडा प्रतिक्रिया दिएका छन्।

Attariya Hospital

यसैबीच, इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्युपछि नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले बदला लिने चेतावनी दिएका छन्। अन्त्येष्टि र्‍यालीमा ट्रम्पविरुद्ध नाराबाजी भएपछि दुवै पक्षबीचको तनाव झन् बढेको छ।

nawajiwan

यद्यपि, अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तामार्फत इरानलाई हर्मुज जलमार्ग तत्काल खुला गर्न र व्यापारिक जहाजमाथिको आक्रमण रोक्न दबाब दिइरहेका छन्। विकसित घटनाक्रमले मध्यपूर्वमा युद्धको जोखिम बढाएको छ भने विश्वव्यापी इन्धन आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।