अत्तरिया उद्योग बाणिज्य संघको चुनाका ९४ प्रतिशत मत खस्यो !

Image
Nisarga Hospital

अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उत्साहजनक रूपमा ९४ प्रतिशत मतदान भएको छ। संघका १ हजार २४ मतदातामध्ये ९६४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

निर्वाचन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। उच्च मतदानले व्यवसायीहरूको संघप्रतिको चासो र नेतृत्व चयनमा देखिएको सक्रिय सहभागिता झल्काएको छ।

यसपटक नेतृत्वका लागि चार समूह चुनावी मैदानमा छन्। अध्यक्ष पदका लागि कमल कडायत, रमेश भट्टराई र नैनसिंह कार्की आफ्ना-आफ्ना पूर्ण प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। यस्तै, भिस्मा खड्काले वरिष्ठ उपाध्यक्षसहितको प्यानल दर्ता गर्दै चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएकी छन्।

उच्च मतदानसँगै अब सबैको ध्यान मतगणना र नयाँ नेतृत्वको नतिजातर्फ केन्द्रित भएको छ। व्यवसायी समुदायले आगामी कार्यकालमा संघलाई प्रभावकारी नेतृत्व दिने अपेक्षासहित नयाँ नेतृत्व चयन गर्नेछन्।