अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कडायत निर्वाचित ( सुची सहित)

Image
Nisarga Hospital

अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा कमल कडायत अध्यक्ष पदमा निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

कडायतले कुल ४०६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रमेश भट्टराईलाई २९ मतान्तरले पराजित गरेका हुन्। भट्टराईले ३७७ मत प्राप्त गरेका छन्। अध्यक्ष पदका अर्का उम्मेदवार नैनसिंह कार्कीले ९० मत हासिल गरेका छन्।

निर्वाचन परिणामसँगै कडायत आगामी कार्यकालका लागि संघको नेतृत्वमा पुगेका छन्। व्यवसायीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न निर्वाचनले संघमा नयाँ नेतृत्व चयन गरेको हो।

nawajiwan
Attariya Hospital

निर्वाचित अध्यक्ष कडायतले व्यवसायीहरूको हकहित संरक्षण, निजी क्षेत्रको विकास तथा अत्तरिया क्षेत्रको व्यापार–व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।