अत्तरियामा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा बैतडीका युवक पक्राउ

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा एक १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २० वर्षीय राजेश धामी रहेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार धामीले २४ असारमा किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

Attariya Hospital

प्रहरीले सोमबार धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट धामीलाई पक्राउ गरेको जनाएको छ। हाल उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan

प्रहरीले यौनजन्य अपराधका घटनामा पीडितको गोपनीयता कायम राख्न तथा यस्ता घटनाबारे जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।