अछाममा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोप, एक युवक पक्राउ

Image
Nisarga Hospital

अछाममा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–९ निवासी २७ वर्षीय जयप्रकाश स्वर्णकार रहेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा मंगलबार दिउँसो प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Attariya Hospital

प्रहरीका अनुसार आरोपितमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप प्रमाण संकलन, बयान र अन्य आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

nawajiwan

प्रहरीले यस्ता घटनामा पीडितको गोपनीयताको सम्मान गर्दै अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेको पनि जनाएको छ।