बैतडीको पुर्चौडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

Image
Nisarga Hospital

बैतडीः बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार दिउँसो करिब ३:३० बजे पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ त १६०० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार दुर्घटनामा ट्र्याक्टर चालक कञ्चनपुरको तत्कालीन सुडा गाविस–८ (हाल भीमदत्त नगरपालिका) निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

Attariya Hospital

प्रहरीका अनुसार ट्र्याक्टर सडकबाट करिब २० देखि २५ मिटर तल खसेको थियो। दुर्घटनाका बेला ट्र्याक्टरमा चालक बाहेक अन्य कुनै पनि व्यक्ति सवार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

nawajiwan

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापनको तयारी गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको यथार्थ कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।