रक्त अभाव टार्न कैलालीमा घुम्ती रक्तदान, ७० युनिट रगत संकलन, अस्पताल उद्घाटनको पुर्व सन्ध्यामा रक्तदान

Image
Nisarga Hospital

अत्तरियाः रक्त सञ्चार केन्द्र धनगढीमा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जिल्लाका विभिन्न स्थानमा घुम्ती रक्तदान शिविर सञ्चालन गरेको छ।

CP Hospital Dhangadhi

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्टका अनुसार आज आयोजित घुम्ती रक्तदान शिविरमार्फत जिल्लाका विभिन्न स्थानबाट रगत संकलन गरिएको हो।

शाखाका सभापति लोकराज जोशीले कैलाली जिल्लाभित्र रहेका उपशाखाहरूको समन्वयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको जानकारी दिए। उनले रगतको अभावलाई न्यूनीकरण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताए।

nawajiwan
Attariya Hospital

यस्तै, धनगढीस्थित धनगढी सिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले अस्पताल उद्घाटनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। अस्पतालका सञ्चालक कृष्णबहादुर बोहराका अनुसार उक्त कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन्।

घुम्ती रक्तदान शिविर र अस्पतालस्तरीय रक्तदान कार्यक्रमबाट गरी आज कुल ७० युनिट रगत संकलन भएको छ। रगतको अभाव भइरहेको अवस्थामा भएको यस अभियानले बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। हाल धनगढीमा दैनिक ६०/६५ पिन्ट रगतको खपत रहेको रक्तसंचार केन्द्रले जानकारी दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै आवश्यक पर्दा जीवन बचाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।

# ट्रेण्डिङ