बझाङको उरै नाकाबाट ताक्लाकोट व्यापार खुल्दै, बझाङबाट चीन प्रवेश अनुमति वितरण सुरु

Image
Nisarga Hospital

बझाङः बझाङको उरै भञ्ज्याङ नाका हुँदै तिब्बतको ताक्लाकोट पुगेर व्यापार गर्न चाहने स्थानीयका लागि जिल्ला प्रशासन कार्यालय बझाङले चीन प्रवेश अनुमतिपत्र जारी गर्न थालेको छ। प्रशासनका अनुसार गत वैशाखयता ५७ जनाले चीन प्रवेश अनुमति लिएका छन्। तीमध्ये ३१ जनाले पुरानो अनुमति नवीकरण गराएका छन् भने २६ जनाले पहिलोपटक अनुमति प्राप्त गरेका हुन्।

CP Hospital Dhangadhi

स्थानीय उत्पादनको व्यापार प्रवर्द्धनका लागि चीनको पुलाङ काउन्टीले बझाङका नागरिकलाई समूहगत रूपमा मात्रै प्रवेश दिने व्यवस्था गरेपछि सोहीअनुसार अनुमति वितरण भइरहेको प्रशासनले जनाएको छ। अनुमतिपत्रको अवधि एक वर्ष रहनेछ।

चीनसँग सीमा जोडिएको साइपाल गाउँपालिकाले व्यापारिक प्रयोजनका लागि जाने नागरिकको समन्वय गरिरहेको छ। गाउँपालिकाले सूचना जारी गर्दै बिक्रीका लागि लैजाने सामानको विवरण, जिल्ला प्रशासनले जारी गरेको प्रवेश अनुमतिपत्र र नागरिकताको प्रतिलिपिसहित साउन ५ गतेभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

nawajiwan
Attariya Hospital

साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराका अनुसार चीनतर्फबाट व्यक्तिगतभन्दा समूहगत रूपमा व्यापारी पठाउन आग्रह भएकाले सबैलाई एउटै समूहमा पठाउने तयारी गरिएको हो। तोकिएको समयभित्र सम्पर्कमा आउने व्यापारीलाई चीन सरकारका नयाँ नियम, त्यहाँ पालना गर्नुपर्ने आचारसंहिता तथा गर्न मिल्ने–नमिल्ने गतिविधिबारे अभिमुखीकरणसमेत गरिने उनले बताए।

उरै नाका हुँदै ताक्लाकोटसँग बझाङको व्यापारिक सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको छ। स्थानीय व्यापारीहरूले जडीबुटी, निगालोका हस्तकला सामग्री, काठका परम्परागत भाँडाकुँडा, कृषि तथा पशुजन्य उत्पादन बिक्रीका लागि ताक्लाकोट लैजाने गर्छन्। त्यहाँ राम्रो मूल्य पाएपछि उनीहरू दुई–तीन महिना अस्थायी कामसमेत गरेर फर्किने चलन छ। फर्कंदा चामल, मैदा, चियापत्ती, तिब्बती नुन, लत्ताकपडा, जुत्ता र चिनियाँ ज्याकेटलगायत दैनिक उपभोगका सामग्री नेपाल ल्याउने गरेका छन्।

# ट्रेण्डिङ