जन्मदिनमा हेमा श्रीको प्रेरणादायी पहल : ७ विपन्न परिवारलाई खाद्यान्न सहयोग

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा नगरपालिका–६, बनबेहडामा हेमा श्री फाउन्डेसन नेपालकी केन्द्रीय अध्यक्ष मञ्जु पौड्याल (हेमा श्री) ले आफ्नो जन्मदिनको अवसरमा ७ विपन्न परिवारलाई खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ। रोजगारीका सिलसिलामा विदेशमा रहेकी उहाँले जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै प्रत्येक परिवारलाई करिब २ हजार ५ सय रुपैयाँ बराबरका चामल, दाल, तेल, नुन, साबुन, सोडा लगायत अत्यावश्यक खाद्यान्न सामग्री वितरण गर्नुभएको हो।

CP Hospital Dhangadhi

अध्यक्ष पौड्यालले आर्थिक रूपमा कमजोर परिवारलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विगतदेखि नै यस्ता मानवीय कार्य गर्दै आएको बताउनुभयो। सहयोग प्राप्त परिवारहरूले कठिन परिस्थितिमा प्राप्त सहयोगले ठूलो राहत मिलेको भन्दै आभार व्यक्त गरेका छन्।

Attariya Hospital

कार्यक्रममा फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी, वडा सदस्य बाटुदेवी कामी, अमर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर कुँवर, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख गणेशप्रसाद उपाध्याय, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जन्मदिनलाई समाजसेवामुखी बनाउने यस्तो अभियान अनुकरणीय भएको उल्लेख गर्दै अन्यलाई पनि यस्ता सामाजिक कार्यमा प्रेरित हुने विश्वास व्यक्त गरेका छन्।

nawajiwan

शिक्षा, स्वास्थ्य, विपद् राहत र सामाजिक सेवामा सक्रिय हेमा श्री फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

# ट्रेण्डिङ