आजदेखि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्वको पदभार, शैक्षिक विकासले गति लिने अपेक्षा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आजदेखि नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीम चन्दले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। नयाँ नेतृत्वसँगै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गतको विश्वविद्यालय सिनेटको निर्णयअनुसार नियुक्त भएका प्रा.डा. जोशी यस विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्। उनले यसअघि विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम), आवश्यक कानुन निर्माण तथा एमबीबीएससहित चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनको आधार तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए।

Attariya Hospital

रजिष्ट्रार नियुक्त डा. भीम चन्द अस्पताल व्यवस्थापनका विज्ञ हुन्। उनले काठमाडौं मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजमा लामो समय प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्। गेटा विश्वविद्यालयको स्थापना र संस्थागत संरचना निर्माणमा पनि उनको उल्लेखनीय योगदान रहेको छ।

nawajiwan

नयाँ नेतृत्वको पदभारसँगै सुदूरपश्चिममा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको केन्द्रका रूपमा विश्वविद्यालयलाई अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

# ट्रेण्डिङ