हर्मुज जलडमरूमध्यमा दुई तेल ट्याङ्करमा आगलागी, इरानले जलमार्ग बन्द भएको घोषणा

Image
Nisarga Hospital

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इस्लामी क्रान्तिकारी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार बिहान हर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ (माइन) बिछ्याइएको मार्ग हुँदै अघि बढ्ने क्रममा दुईवटा तेल ट्याङ्करमा भीषण आगलागी भएको जनाएको छ। घटनापछि आईआरजीसीले उक्त जलमार्ग अत्यन्त असुरक्षित बनेको भन्दै अर्को सूचना नआएसम्म हर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ।

CP Hospital Dhangadhi

यद्यपि, अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले इरानको उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बताएका छन्। घटनाको वास्तविक अवस्था, आगलागीको कारण तथा सम्भावित क्षतिबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन। यस विषयमा थप जानकारीका लागि अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) सँग सम्पर्क भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Attariya Hospital

विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने हर्मुज जलडमरूमध्यमा भएको यो घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री सुरक्षा र क्षेत्रीय तनावमा थप प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

nawajiwan

# ट्रेण्डिङ