युद्धविराम टुटेपछि सातौँ रात पनि इरानमा अमेरिकी आक्रमण, हर्मुज जलमार्ग ठप्प

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता समाप्त भएको घोषणा गरेपछि अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ। अमेरिकी सेनाले लगातार सातौँ रात इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमका अनुसार राष्ट्रपतिको निर्देशनमा इरानको सैन्य क्षमता कमजोर बनाउने उद्देश्यले केवल सैन्य पूर्वाधारलाई निशाना बनाइएको हो।

CP Hospital Dhangadhi

इरानी सञ्चारमाध्यमका अनुसार याज्द, केस टापु र बन्दर अब्बास आसपास शक्तिशाली विस्फोट भएका छन्। होर्मोज्गान प्रान्तमा कम्तीमा सात जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्। इरानले नागरिक पूर्वाधारमा पनि आक्रमण भएको आरोप लगाए पनि अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ। बीबीसीले भने गारिवे पुलमा भएको क्षतिको भिडियो प्रमाणित गरेको जनाएको छ।

Attariya Hospital

यता, इरानले होर्मुज जलडमरूमध्यमा दुई तेल ट्याङ्कर विस्फोट भएको दाबी गरे पनि अमेरिकाले त्यसलाई झूटो भनेको छ। दुवै पक्षबीचको प्रतिशोधात्मक आक्रमणका कारण विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरूमध्यको आवागमन प्रभावित भएको छ। यसअघि इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको दाबी गरेको थियो। कुवेतले भने ड्रोन आक्रमणबाट केही सैनिक घाइते भएको र ऊर्जा पूर्वाधारमा क्षति पुगेको पुष्टि गरेको छ। शान्ति वार्ता विफल भएसँगै क्षेत्रीय तनाव थप गहिरिँदै गएको छ।

nawajiwan

# ट्रेण्डिङ