नगर प्रमुख बिरेन्द्र भट्ट आफैं झाडु लिएर मैदानमा, गोदावरी आर्यघाटमा सम्पन्न भयो बृहत् सरसफाइ अभियान

Image
Nisarga Hospital

अत्तरिया:  “ग्रिन गोदावरी, क्लिन गोदावरी” तथा “हाम्रो नगर, सफा सुन्दर शहर” भन्ने मूल नारालाई आत्मसात् गर्दै गोदावरी नगरपालिकाको आयोजननामा गोदावरी आर्यघाटमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan

गोदावारी नगरपालीकाका नगर प्रमुख बिरेन्द्र भट्ट स्वयं झाडु लिएर सरसफाइ अभियानमा सहभागी भएपछि कार्यक्रमले थप उत्साह र सन्देश दिएको थियो। नगरका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागितामा आर्यघाट परिसर र आसपासका क्षेत्रको फोहोर संकलन गरी सफाइ गरिएको थियो। सरसफाई कार्यक्रममा देवीदल गण तेघरी ब्यारेक अत्तरिया को सहकार्य रहेको थियो।

oplus_0

सरसफाई कार्यक्रममा बोल्दै गोदावारी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भन्नुभयो, “सफा, हराभरा र व्यवस्थित गोदावरी निर्माण गर्ने अभियान कुनै एक दिनको कार्यक्रम होइन, यो हरेक नागरिकको साझा दायित्व हो। नगरपालिकाले थालेको अभियानलाई जनसहभागितासँग जोडेर निरन्तर अघि बढाउनेछौं। वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको सम्मान र स्वस्थ जीवनशैलीका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउन आवश्यक छ।”

Attariya Hospital
oplus_0

साथै अन्तिम संस्कारका लागि ल्याएका सामग्री हरूलाई तोकिएको ठाउँमा व्यवस्थापन गरी दिन र पानीका बोतलहरु जथाभावी नफाली डस्बिनमा राखेर सहयाेग सँगै फोहोर व्यवस्थापनमा सहयोग गरी दिन अनुरोध छ ।

उहाँले नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा सबै नगरवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

oplus_0

गोदावरी नगरपालिकाले सरसफाइ, हरियाली प्रवर्द्धन र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै नगरलाई स्वच्छ, सुन्दर र उदाहरणीय शहरका रूपमा विकास गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ।

# ट्रेण्डिङ