सुदूरपश्चिममै पहिलो पटक माया मेट्रो हस्पिटलमा क्यान्सरको किमोथेरापी सेवा सञ्चालन

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशमै पहिलो पटक माया मेट्रो अस्पताल प्रालिले क्यान्सरको किमोथेरापी (Chemotherapy) सेवा सञ्चालनमा ल्याउने भएको छ। अस्पतालले आगामी साउन ३ गते (आइतबार) देखि क्यान्सर रोग विशेषज्ञ (मेडिकल अन्कोलोजी) सेवा प्रत्येक हप्ताको आईतबार नियमित सँगै अन्य समयमा समय मिलाएर सेवा सञ्चालन गर्ने जनाएको छ।

CP Hospital Dhangadhi

अस्पतालका अनुसार अब क्यान्सर रोगको प्रारम्भिक पहिचान, विशेषज्ञ परामर्शदेखि आधुनिक उपचारसम्मका सेवा आफ्नै प्रदेशमै उपलब्ध हुनेछन्। यससँगै उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बिरामीको बाध्यता पनि कम हुने विश्वास गरिएको छ।

सेवामा डा. जस्मिन गुरुङ (एमबीबीएस, एमडी/डीएम), मेडिकल अन्कोलोजिस्टले नियमित रूपमा सेवा दिनेछन्। अस्पतालले क्यान्सर विशेषज्ञको परामर्श, प्रारम्भिक स्क्रिनिङ, किमोथेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी, हर्मोन थेरापी, उपचारपछिको नियमित फलोअप, सेकेन्ड ओपिनियन तथा प्यालिएटिभ केयरलगायतका सेवा उपलब्ध गराउने जनाएको छ।

nawajiwan

अस्पतालका अनुसार आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा सोमबारदेखि शुक्रबार बिहान ८–९ बजे र बेलुका ५–६ बजेसम्म विशेषज्ञ ओपीडी सेवा सञ्चालन हुनेछ।

धनगढी–३, चटकपुरस्थित माया मेट्रो अस्पतालले समयमै क्यान्सरको पहिचान र विशेषज्ञ उपचारले रोग नियन्त्रण तथा बिरामीको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले ढिला नगरी जाँच तथा उपचारका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

Attariya Hospital

अस्पतालले सुदूरपश्चिममै पहिलो पटक क्यान्सरको किमोथेरापी सेवा सुरु हुनु यस क्षेत्रका बिरामीका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेको छ।

उपलब्ध सेवाहरू

✔ क्यान्सर रोग विशेषज्ञको परामर्श
✔ क्यान्सरको प्रारम्भिक जाँच (स्क्रिनिङ)
किमोथेरापी सेवा
✔ टार्गेटेड थेरापी
✔ इम्युनोथेरापी
✔ हर्मोन थेरापी
✔ उपचारपछिको नियमित फलोअप
✔ सेकेन्ड ओपिनियन
✔ प्यालिएटिभ तथा सहायक उपचार सेवा

# ट्रेण्डिङ