महाकाली नदीको टापुमा फसेका पुरुषको सकुशल उद्धार

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिका क्षेत्रमा पर्ने महाकाली नदीको टापुमा फसेका एक पुरुषको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार बिहान काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–६ निवासी ५२ वर्षीय उमेश चौलागाईको उद्धार गरिएको हो। नदीको बीचभागस्थित टापुमा फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थल पुगेको थियो।

Attariya Hospital

सुरक्षाकर्मीले आवश्यक सुरक्षा सावधानी अपनाउँदै चौलागाईलाई सकुशल बाहिर निकालेका हुन्। उद्धारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

nawajiwan

मनसुनका कारण नदीमा पानीको बहाव बढिरहेका बेला अनावश्यक जोखिमपूर्ण गतिविधि नगर्न र नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

# ट्रेण्डिङ