२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका ज्योतिषाचार्य गणेशप्रसाद पन्त तीन पालिकाबाट सम्मानित

Image
Nisarga Hospital

बैतडी : विगत २७ वर्षदेखि दलित समुदायमा जातीय विभेदविरुद्ध सामाजिक चेतना फैलाउँदै वैदिक कर्मकाण्ड गर्दै आएका ज्योतिषाचार्य गणेशप्रसाद पन्तलाई सुदूरपश्चिमका तीन स्थानीय तहले सम्मान गरेका छन्। बैतडीको पाटन नगरपालिका–८ निवासी तथा वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तलाई डोटीको दिपायल सिलगढी नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका र बैतडीको पुर्चौडी नगरपालिकाले सम्मान गरेका हुन्।

CP Hospital Dhangadhi

पन्तले दलित बस्तीमा वैदिक विधिअनुसार सप्ताह, शिवपुराण, विवाह, व्रतबन्ध, न्वारन, गृहप्रवेश, सत्यनारायण पूजा, ग्रहशान्ति, रुद्राभिषेकलगायत हजारौं धार्मिक संस्कार सम्पन्न गराएका छन्। उनका अनुसार उनले हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, ३ हजार ९११ न्वारन, ५६९ व्रतबन्ध, ७२२ सत्यनारायण पूजा र अन्य सयौं धार्मिक अनुष्ठान सम्पन्न गरिसकेका छन्।

Attariya Hospital

जातीय विभेद अन्त्य गर्ने अभियानअन्तर्गत उनले १ हजार ६९९ जना सिल्पी समुदायका व्यक्तिलाई जनै धारण गराउनुका साथै ४२२ दलित महिलालाई धार्मिक परम्पराअनुसार दुधागो दोरक धारण गराएका छन्।

nawajiwan

कुरीति हटाउने अभियानका कारण ५७५ गैरदलित यजमान गुमाउनुपरेको र सामाजिक सञ्जालमा अपमानसमेत सहनुपरेको अनुभव सुनाउँदै पन्तले जातीय विभेद अन्त्यका लागि धार्मिक अगुवाहरू नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

# ट्रेण्डिङ