मनसुनको उच्च जोखिमः बैतडीका ग्रामीण कच्ची सडकमा तीन दिन सवारी सञ्चालन बन्द

Image
Nisarga Hospital

बैतडी : अविरल वर्षा र मनसुनजन्य विपद्को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्रका ग्रामीण कच्ची सडकमा तीन दिनका लागि सवारी सञ्चालनमा अस्थायी रोक लगाएको छ।

CP Hospital Dhangadhi

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईद्वारा जारी सूचनाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडीलाई मनसुनजन्य प्रकोपको उच्च जोखिमयुक्त जिल्लामा सूचीकृत गरेपछि **साउन २ गते शनिबार बेलुका ६ बजेदेखि साउन ४ गते सोमबार बिहान ६ बजेसम्म** ग्रामीण कच्ची सडकमा सबै प्रकारका सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको हो।

Attariya Hospital

प्रशासनका अनुसार उक्त अवधिमा पहिरो, बाढी, सडक भासिने तथा यातायात अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु र चालकको सुरक्षालाई प्राथमिकता दिँदै यो निर्णय गरिएको हो।

nawajiwan

यस्तै, पक्की सडकमा पनि अत्यन्त सावधानीपूर्वक मात्र सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरिएको छ। प्रशासनले मौसमको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न र जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणसँग अनुरोध गरेको छ।

# ट्रेण्डिङ