मुख्यमन्त्री शाहद्वारा गेटा विश्वविद्यालयका नयाँ नेतृत्वलाई बधाई, उत्कृष्ट स्वास्थ्य शिक्षा केन्द्र बनाउन सहकार्यको प्रतिबद्धता

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दलाई भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

आइतबार मुख्यमन्त्री निवासमा भएको भेटघाटमा उनले विश्वविद्यालयको नेतृत्व सम्हालेका दुवै पदाधिकारीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवाको विस्तारमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे। विश्वविद्यालयलाई सुदूरपश्चिमको मात्र नभई देशकै उत्कृष्ट स्वास्थ्य शिक्षा संस्थाका रूपमा स्थापित गर्न दूरदृष्टिसहित नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री शाहले प्रदेश सरकार विश्वविद्यालयको भौतिक, शैक्षिक तथा संस्थागत विकासका लागि आवश्यक सहकार्य र सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मुख्यमन्त्रीको सचिवालयका अनुसार भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। गत असार ३१ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीम चन्दलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो। नयाँ नेतृत्वसँगै विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्राज्ञिक गतिविधि, अनुसन्धान र स्वास्थ्य सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur