शुक्लाफाँटा निकुञ्जमा हराएका सबै महिला सकुशल फेला, संयुक्त सुरक्षा टोलीको सफल उद्धार

Image
Nisarga Hospital

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेला सम्पर्कविहीन भएका सबै महिलाहरू सकुशल फेला परेका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनको संयुक्त टोलीले व्यापक खोजी अभियान सञ्चालन गरेको थियो।

CP Hospital Dhangadhi

रणसिंहदल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सुरक्षा संयन्त्रको सक्रिय खोजीपछि भीमदत्तका महिलाहरू परिवारको सम्पर्कमा आएका छन्। उनीहरू सबै सुरक्षित रहेको पुष्टि गरिएको छ।

Attariya Hospital

यसैबीच, आइतबार साँझदेखि हराइरहेका बेल्डाँडी गाउँपालिका–२ का तीन महिलालाई नेपाली सेनाका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहान निकुञ्जभित्रबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ।

nawajiwan

निकुञ्जभित्र च्याउ टिप्न गएका तीन फरक–फरक समूह सम्पर्कविहीन भएपछि सुरक्षा निकायले समन्वयात्मक रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो। समयमै गरिएको संयुक्त प्रयासका कारण सबै महिलाहरू सुरक्षित अवस्थामा फेला परेपछि परिवारजनले राहतको महसुस गरेका छन्।