साउने सोमबारको उल्लास : शिवालयमा भक्तजनको घुइँचो, पूजा–आराधनामा व्यस्त श्रद्धालु

Image
Nisarga Hospital

अत्तरियाः  साउन महिनाको पहिलो सोमबारका अवसरमा कैलालीका शिवालयहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। विशेषगरी महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा–आराधना, जलाभिषेक र दर्शनमा व्यस्त देखिएका छन्। परिवारको सुख–समृद्धि, श्रीमानको दीर्घायु, सन्तानको उज्ज्वल भविष्य तथा मनोकामना पूरा हुने विश्वासका साथ विवाहित महिलाले व्रत बसेका छन् भने अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै शिवको आराधना गरेका छन्।

CP Hospital Dhangadhi

हिन्दू धार्मिक मान्यताअनुसार माता पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र व्रत बसेको विश्वाससँग जोडिएको साउने सोमबारको परम्परा आज पनि उत्तिकै श्रद्धाका साथ मनाइँदै आएको छ।

Attariya Hospital

धनगढी–४ स्थित शिवपुरी धामका पुजारी हरिनारायण भट्टका अनुसार साउने सोमबारको व्रत महिला मात्र नभई पुरुष, बालबालिका तथा सबै श्रद्धालुले बस्न सक्ने धार्मिक मान्यता छ। बिहान ४ बजेदेखि नै शिवालयमा भक्तजनको आगमन सुरु भएको र पूजा–आराधना, जलाभिषेक तथा दर्शनका लागि दिनभर चहलपहल रहने उहाँले बताउनुभयो।

nawajiwan

यस वर्ष साउन महिनामा चार वटा सोमबार परेकाले प्रत्येक सोमबार शिवालयहरूमा यस्तै धार्मिक उत्साह र भक्तजनको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको छ। साउने सोमबारले धार्मिक आस्था, सामाजिक सद्भाव र नेपाली सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउँदै आएको छ।