कैलालीको गोदावरीनगरपालिकालाई करिब २० लाख बराबरको विपद् व्यवस्थापन सामग्री सहयोग, उद्धार क्षमता थप सुदृढ

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले करिब २० लाख रुपैयाँ बराबरका अत्याधुनिक विपद् व्यवस्थापन सामग्री प्राप्त गरेको छ। युरोपेली संघ (EU) को आर्थिक सहयोग तथा ECHO को समन्वयमा सञ्चालित ‘शहरी विपद् पूर्वतयारी परियोजना (SUPER II)’ अन्तर्गत उपलब्ध गराइएका यी सामग्रीले मनसुनसहित अन्य प्राकृतिक विपद्का बेला खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

युएनडीपी (UNDP), युनिसेफ (UNICEF), युएन वुमेन (UN Women) र ह्याण्डीक्याप इन्टरनेसनलको प्राविधिक सहयोग तथा स्थानीय साझेदार संस्था रुडेक (RDC) को सहकार्यमा आयोजित कार्यक्रममा युएनडीपीका फिल्ड अफिस प्रमुख बैजनाथ गिरी सिंहले  नगर प्रमुख वीरेन्द्र भट्टलाई गोदावरी नगर उप प्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडी लगायात साझेदारी संस्थाको उपस्थीतिमा सामग्री हस्तान्तरण गर्नुभएको हो।

nawajiwan

सहयोगमा र्‍याफ्ट उद्धार डुङ्गा, आकस्मिक पाल (टेन्ट), त्रिपाल, टर्च लाइट, लाइफ बुओए, थ्रो ब्याग, स्ट्रेचर, सेफ्टी बुट, फायरफाइटिङ ज्याकेट, चेन–स मेसिन, ड्रिल मेसिन, २५ फिट लामो भर्‍याङ र अग्निशामक यन्त्रलगायतका खोज तथा उद्धार सामग्री समावेश छन्।

Attariya Hospital

सामग्री ग्रहण गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले प्राप्त उपकरणले विपद्को समयमा तत्काल उद्धार तथा राहत परिचालनलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामग्रीको सुरक्षित भण्डारण, पारदर्शी व्यवस्थापन र आवश्यकताअनुसार सही स्थानमा सदुपयोग गर्दै नागरिकको जिउधनको सुरक्षामा नगरपालिका पूर्ण प्रतिबद्ध रहने बताउनुभयो। साथै युएनडीपी, रुडेक तथा सहयोगी सबै संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

oplus_0

युएनडीपीका प्रतिनिधिले स्थानीय सरकारको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि प्राविधिक र भौतिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

oplus_0