शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन, राहुल गान्धीसहित विपक्षी नेताहरू पक्राउ

Image
Nisarga Hospital

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विपक्षी दलहरूको आन्दोलन चर्किएको छ। मंगलबार प्रधानमन्त्री निवास ‘लोक कल्याण मार्ग’ बाहिर धर्ना दिन पुगेका प्रमुख विपक्षी दल कांग्रेसका नेता तथा लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

राहुल गान्धीसँगै कांग्रेस नेतृ प्रियंका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव तथा अन्य विपक्षी सांसदहरूलाई पनि नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Attariya Hospital

कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधान दुवैले राजीनामा दिनुपर्ने माग राख्दै प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा कांग्रेसले प्रधानमन्त्री मोदी स्वयं बाहिर आएर आन्दोलनकारीलाई जवाफ दिनुपर्ने अडान पनि राखेको थियो।

nawajiwan

यसअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंह आन्दोलनस्थल पुगेर राहुल गान्धीसँग भेटवार्ता गरेका थिए। त्यसपछि उनले राहुल गान्धीले गरेको सहमतिबाट पछि हटेको आरोप लगाएका छन्। प्रदर्शनस्थल लोक कल्याण मार्ग क्षेत्रमा अहिले पनि तनावपूर्ण अवस्था रहेको छ।