सामूहिक श्रमदानबाट चम्किँदै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, सरसफाइ अभियानमा समुदायको उत्साहजनक सहभागिता

Image
Nisarga Hospital

अत्तरियाः गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ। विश्वविद्यालयको आह्वानमा आयोजित अभियानमा विश्वविद्यालय संघर्ष समिति, दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, सरस्वती नमूना माध्यमिक विद्यालय, सत्यवती एकेडेमी, लोटस आई अंग्रेजी माध्यमिक विद्यालय, एसपीए कलेज, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न युवा क्लब, स्थानीयवासी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

लामो समयदेखि उचित व्यवस्थापनको अभावमा झाडी र अनावश्यक वनस्पतिले ढाकिएको विश्वविद्यालय परिसरलाई सफा गर्न सबै क्षेत्रको सामूहिक श्रमदान गरिएको हो।

nawajiwan


Attariya Hospital

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले विश्वविद्यालय परिसरलाई व्यवस्थित, स्वच्छ र आकर्षक बनाउन सामाजिक संघसंस्था, युवा क्लब, नेपाल रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा सरोकारवाला निकायलाई अभियानमा हातेमालो गर्न आह्वान गरेका थिए।

सरसफाइ अभियानले विश्वविद्यालय परिसरको सौन्दर्य मात्र बढाएको छैन, विश्वविद्यालयप्रति स्थानीय समुदायको अपनत्व, जिम्मेवारी र ऐक्यबद्धताको सशक्त सन्देशसमेत दिएको छ।