
अत्तरियाः कैलाली उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरेको छ । संघले सूचना जारी गर्दै आगामी २०८३ साल भदौ २७ गतेभित्र सदस्यता नवीकरण गरेमा नवीकरण शुल्कमा २० प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।

संघका अनुसार कार्यसमितिको निर्णयअनुसार ५२औँ वार्षिक साधारणसभा भदौ २७ गते आयोजना हुने भएकाले साधारणसभामा सहभागी भई आफ्नो सदस्य अधिकार सुनिश्चित गर्न तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न अनुरोध गरिएको हो ।

संघमा दर्ता तथा नवीकरण भएका सदस्यका लागि रु. १ लाख बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध रहेको उल्लेख गर्दै समयमै नवीकरण गर्न आग्रह गरिएको छ । साथै हालसम्म संघमा आबद्ध नभएका उद्योगी तथा व्यवसायीलाई पनि आफ्नो व्यवसायको संरक्षण, प्रवद्र्धन तथा व्यावसायिक हकहितका लागि संघको सदस्यता लिन आह्वान गरिएको छ ।

































