महाकालीको बहाव घटेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारी सञ्चालन पुनः सुरु

Image
Nisarga Hospital

महाकाली नदीमा पानीको बहाव घटेसँगै कञ्चनपुर–भारत जोड्ने शारदा ब्यारेजस्थित बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार साँझ ७ बजेको मापनमा नदीको बहाव ९९ हजार क्युसेकमा झरेपछि पुल सञ्चालनका लागि खुला गरिएको हो।

CP Hospital Dhangadhi

यसअघि मंगलबार दिउँसो महाकाली नदीको बहाव १ लाख २४ हजार क्युसेक नाघेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन रोकिएको थियो। नदीको बहाव १ लाख क्युसेकभन्दा माथि पुगेपछि सुरक्षा कारणले सवारी आवागमन बन्द गर्ने व्यवस्था रहेको छ।

Attariya Hospital

करिब सय वर्ष पुरानो शारदा ब्यारेज पुल जीर्ण अवस्थामा रहेकाले उच्च बहावका बेला दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रशासनले सतर्कता अपनाउँदै सवारी सञ्चालनमा अस्थायी रोक लगाउने गरेको छ। बहाव घटेसँगै अहिले पुलमार्फत चारपाङ्ग्रे सवारीसाधन सुरक्षित रूपमा सञ्चालन हुन थालेका छन्।

nawajiwan