अमेरिका–साउदी परमाणु सम्झौतापछि सुरक्षा जोखिमबारे विश्वभर चासो

Image
फोटो - बिबिसी
Nisarga Hospital

अमेरिका र साउदी अरेबियाबीच भएको नयाँ शान्तिपूर्ण आणविक सहयोग सम्झौता ले अन्तर्राष्ट्रिय राजनीति र सुरक्षामा व्यापक बहस सुरु गराएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार सम्झौताले अमेरिकी कम्पनीलाई साउदीको परमाणु ऊर्जा कार्यक्रममा सहकार्य गर्ने बाटो खोल्नेछ, जसलाई साउदीका लागि ठूलो कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ।

CP Hospital Dhangadhi

तर सम्झौताले साउदीलाई युरेनियम प्रशोधनको अनुमति दिन सक्ने अनुमान सार्वजनिक भएपछि मध्यपूर्वमा आणविक प्रतिस्पर्धा चर्किन सक्ने चिन्ता व्यक्त गरिएको छ। सुरक्षा विश्लेषकहरूले यसले इरानसहित क्षेत्रीय शक्तिहरूबीच परमाणु हतियार विकासको होड बढाउन सक्ने चेतावनी दिएका छन्। यद्यपि अमेरिकी पक्षले भने सम्झौता अन्तर्राष्ट्रिय परमाणु सुरक्षाका उच्चतम मापदण्डअनुसार नै कार्यान्वयन हुने दाबी गरेको छ।

Attariya Hospital

वर्षौँदेखि रोकिएको वार्तापछि भएको यस सहमतिलाई लिएर अमेरिकाभित्र पनि तीव्र राजनीतिक विवाद देखिएको छ। वरिष्ठ सांसद जोन ग्यारामेन्डीले यसलाई “गम्भीर गल्ती” भन्दै ट्रम्प प्रशासनले साउदीलाई भविष्यमा परमाणु हतियार कार्यक्रमतर्फ अघि बढ्ने सम्भावित जोखिम खुला छाडेको आरोप लगाएका छन्।

nawajiwan