मध्यपूर्व तनावले चर्कियो तेल बजार, विश्व अर्थतन्त्रमा महँगीको नयाँ दबाब

Image
Nisarga Hospital

मध्यपूर्वमा बढ्दो सैन्य तनाव र भू–राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पार्न थालेको छ। अमेरिका–इरानबीचको पछिल्लो तनावका कारण विश्वव्यापी कच्चा तेल आपूर्तिमा जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेख्य रूपमा उकालो लागेको छ। बुधबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलर नाघ्दै करिब छ सातायताकै उच्च स्तरमा पुगेको छ। अमेरिकी बजारको मानक वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।

CP Hospital Dhangadhi

विश्लेषकहरूका अनुसार विश्वको ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुने होर्मुज र बाब अल–मान्देब जलसन्धिमा सुरक्षा जोखिम बढेपछि आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता गहिरिएको हो। यसले लगानीकर्ता र तेल व्यापारीहरूबीच सम्भावित अभावको डर बढाएको छ। भू–राजनीतिक तनावसँगै तत्कालीन माग वृद्धि र सुरक्षित मौज्दात राख्ने प्रवृत्तिले पनि मूल्य चर्काएको बताइएको छ।

Attariya Hospital

विज्ञहरूले मध्यपूर्वको अवस्था चाँडै सामान्य नभए तेलको मूल्य अझै बढ्न सक्ने चेतावनी दिएका छन्। त्यसको प्रत्यक्ष असर विश्वभर इन्धनको मूल्य, महँगी र विशेषगरी तेल आयातमा निर्भर विकासोन्मुख देशहरूको अर्थतन्त्रमा पर्ने अनुमान गरिएको छ।

nawajiwan