सरकारले माग बेवास्ता गरेपछि धनगढीबाट डा. गोविन्द केसीको सत्याग्रह सुरु

Image
Nisarga Hospital

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै धनगढीबाट सत्याग्रह (अनसन) सुरु गरेका छन्। उनले बिहीबार दिउँसो धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा अनसन प्रारम्भ गरेका हुन्।

CP Hospital Dhangadhi

डा. केसी बुधबार साँझ नै धनगढी पुगेका थिए। उनी सोही धर्मशालामा बसेर सरकारको प्रतिक्रिया पर्खिरहेका थिए। यसअघि उनले सरकारसमक्ष पाँच बुँदे माग प्रस्तुत गर्दै ती पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर, निर्धारित अवधिसम्म पनि माग सम्बोधनतर्फ कुनै ठोस पहल नभएको भन्दै उनले सत्याग्रहको बाटो रोजेका हुन्।

Attariya Hospital

डा. केसीले आफ्ना माग जनस्वास्थ्य, चिकित्सा शिक्षा सुधार र स्वास्थ्य सेवामा सुशासनसँग सम्बन्धित रहेको उल्लेख गर्दै सरकार गम्भीर नबनेसम्म आन्दोलन जारी रहने बताएका छन्। उनका अनुसार सत्य र जनहितका मुद्दामा कुनै पनि दबाब वा सम्झौतामा नझुकी अन्तिमसम्म संघर्ष जारी रहनेछ।

nawajiwan