सुदूरपश्चिम विश्वविद्यालयका डिनको स्कोर्पियो लुट्ने आरोपमा धनगढीका युवक काठमाडौँबाट पक्राउ

Image
Nisarga Hospital

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य संकायका डिन डा. होमनाथ जोशीको स्कोर्पियो गाडी लुटेको आरोपमा कैलालीको धनगढीका एक युवक काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३, हिमालीटोल निवासी २३ वर्षीय नीराजन कुँवर रहेका छन्।

CP Hospital Dhangadhi

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धानका लागि कुँवरलाई धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए।

Attariya Hospital

प्रहरीका अनुसार २०८२ भदौ २५ गते कुँवरसहितको समूहले धनगढी–५ हसनपुरस्थित डिन डा. जोशीको निवास अगाडि पार्किङमा राखिएको बा २ झ २८५९ नम्बरको स्कोर्पियो दिनदहाडै लुटेको थियो। घटनापछि फरार रहेका उनीविरुद्ध कैलाली जिल्ला अदालतले असार ३० गते चोरी तथा लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

nawajiwan