
अत्तरियाः सैनिक आवासीय महाविद्यालयको आयोजनामा सैनिक आवासीय महाविद्यालय बास्केटबल क्लब र कैलाली जिल्ला जुनियर बास्केटबल टिमबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थी खेलाडीहरूबीच आपसी मित्रता, खेल भावना, अनुशासन तथा खेलकुद सीपको विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। खेलभर प्रतिस्पर्धात्मक वातावरण रहे पनि खेलाडीहरूले खेल भावना र अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय बास्केटबल क्लब विजयी भएको थियो।
कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर राना प्रमुख अतिथिका रूपमा तथा महाविद्यालयका सहायक बन्दोबस्ती अधिकृत सहायक सेनानी सनी तामाङ विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए । साथै कैलाली जिल्ला बास्केटबल संघका पदाधिकारीहरू, महाविद्यालयका शिक्षक–शिक्षिका तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


उक्त अवसरमा वक्ताहरूले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले खेलाडीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमता, अनुशासन, नेतृत्व विकास र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
महाविद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख इन्द्र बहादुर सिंहका अनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई मध्यनजर गर्दै महाविद्यालयले आगामी दिनमा पनि विभिन्न विद्यालय तथा खेल संस्थाहरूसँग यस्ता मैत्रीपूर्ण प्रतियोगिताहरू निरन्तर आयोजना गर्ने योजना बनाएको छ।
सैनिक आवासीय महाविद्यालयले शैक्षिक उत्कृष्टतासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
































