
अत्तरियाः कैलारी गाउँपालिका वडा नं ३ छोट्कीटोल सुर्मीनालामा जैविक तटबन्ध तथा सामुदायिक वृक्षारोपण गरिएको छ । वर्षेनी नदी कटान र डुबानको जोखिम रहेको उक्त क्षेत्रमा स्थानीय छोट्कीटोल विपद व्यवस्थापन समितीको अगुवाईमा श्रमदान मार्फत जैविक तटबन्ध निर्माण तथा सामुदायिक वृक्षारोपण गरिएको हो ।

कैलारी गाउँपालिकाको कार्यालयबाट १ लाख ५० हजार, बहुउद्धेश्यीय विकास समाज,डडेल्धुराबाट १ लाख ५० हजार र छोट्कीटोल विपद व्यवस्थापन समिती टास्कफोर्स र स्थानीय समुदाय,करिब १ लाख ५९ हजार १ सय ९० बराबरको जनश्रमदान गरी जम्मा ४ लाख ५९ हजार १सय ९० मा निर्माण गरिएको हो । कैलारी गाउँपालिका, एन.सि.आई.डी.बहुउद्धेश्यीय विकास समाज,डडेल्धुरा र स्थानीय विपद व्यवस्थापन समिती टास्कफोर्सको त्रिपक्षीय साझेदारी सम्झौता अनुरुप निर्माण भएको हो । उक्त तटबन्धमा कैलारी गाउँपालिका वडा नं ३ सुर्मीनालाका ३६ घरधुरीले श्रमदान गरेका थिए ।
कैलारी गाउँपालिका वडा नं ३ मा पनि सुर्मीनाला नदीको कारण स्थानीय जनजीवन कष्टकर बन्दै आएको थियो । वर्षेनी डुबान र कटानको समस्याले गर्दा यहाँका ३६ घरधुरीका बासिन्दाहरु बढी समस्याग्रतस्त अवस्थामा हुने गरेको, यसअघि यस नदीमा आएको बाढीमा डुबेर १ जनाको मृत्यु समेत भएको र वर्षाको समयमा आफूहरुलाई जीउ ज्यान धनमाल अन्न अनाज,पशुचौपाया जोगाउनै धौ धौ पर्ने गरेको हामीले विभिन्न निकायवाट सहयोग र समुदायवाट श्रमदान गरी जैविक तटबन्ध निर्माण गरेका हौँ छोट्कीटोल विपद व्यवस्थापन समिती टास्कफोर्सकी अध्यक्ष प्रमिला चौधरीले भन्नुभयो ।

विपद समिती अध्यक्ष प्रमिला चौधरीले खुशी हुदै भन्नुभयो हामीले विपद समितीमा छलफल गर्यौ श्रमदान गरेर भएपनि बस्ती जोगाउनुपर्छ भन्ने निर्णय लियौ वडा कार्यालय,पालिका र एम.पि.डि.एस. संग समन्वय एंव प्राविधिक सल्लाह सुझाव गरेर बजेट ल्याऔँ, अहिले त्यसैअनुरुप जैविक तटबन्धको काम अगाढी बढिरहेको छ। उक्त तटबन्धबाट छोट्कीटोल ३६ घरधुरी प्रत्यक्ष र बर्कामुडा टोलका गरी करिब १३५घरधुरी अप्रत्यक्ष रुपमा लाभावन्तित भएका छन् ।
छोट्कीटोल विपद व्यवस्थापन समिती टास्कफोर्सको अगुवाईमा जैविक प्रविधीको प्रयोग गरी तटबन्ध तथा वृक्षारोपण भएपछि जोखिममा रहेका स्थानीयहरु अत्यन्तै खुशी देखिन्छन् ।
विपद टास्कफोर्सको अगुवाईमा निर्माण भएको तटबन्धको स्थानीय सरकारका जनप्रतिनिधी,प्राविधिक,समुदायका अगुवा र सरोकारवाला निकायहरुले अवलोकन अनुगमन गरी विपद टास्कफोर्स र स्थानीयहरुलाई धन्यवाद दिनुका साथै उक्त कार्यको प्रशंसा समेत गरेका थिए ।
कैलारी गाउँपालिका, एन.सि.आई.डी., बहुउद्धेश्यीय विकास समाज,डडेल्धुरा र स्थानीय विपद व्यवस्थापन समिती टास्कफोर्सको त्रिपक्षीय साझेदारी सम्झौता अनुरुप उक्त जैविक तटबन्ध निर्माण भएको हो ।

कैलारी गाउँपालिका वडा नं ३ सुर्मीनालामा छोट्कीटोल विपद व्यवस्थापन समिती टास्कफोर्सको नेतृत्वकमा ३६ घरधुरीले जैविक तटबन्ध निर्माणमा श्रमदान गरेका थिए ।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले उक्त जैविक तटबन्ध निर्माणका लागि पालिकाबाट १ लाख ५० हजार सहयोग गरेको बताउनुभयो । उहाँले उक्त तटबन्धले दिर्घकालिन रुपमै भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षण र विपद जोखिम व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कैलारी गाउँपालिका वडा नं ३ का.वा.अध्यक्ष किसुनलाल चौधरीले जैविक तटबन्धले विपद जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाले भन्नुभयो एमपिडिएससंगको साझेदारीमा दिगो रुपमा जैविक तटवन्ध निर्माण र वृक्षरोपण भएकोले अत्यन्तै कार्य भएकाले वडा कार्यालयवाट आगामी दिनमा थप सहयोग सहकार्य रहने बताउनुभयो ।
MPDS का परियोजना संयोजक श्री शिवराज पाठकले जैविक तटबन्ध स्थानीय श्रोतसाधनको प्रयोग गरी जनश्रमदानवाट निर्माण गरिएकोले भविष्यमा हुन सक्ने ठूलो क्षेती रोक्न पूर्व तयारी तथा प्रतिकार्यको रुपमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
परियोजनाका डिआरआर टेक्नीकल एक्सपर्ट राजेन्द्र रैकाले विपद जोखिम न्यूनिकरणका लागि समुदाय स्तरमा जैविक तटबन्ध तथा सामुदायिक वृक्षरोपण एक सफल र प्रभावकारी योजना रहेको बताउनुभयो
































